२२ बैशाख २०८१, शनिबार

व्यवसायी बजगाईले गरे अस्पताललाई अक्सिजन सहयोग



टीकापुर । टीकापुर अस्पताललाई एक व्यवसायीले आज अक्सिजन सिलिण्डर सहयोग गरेका छन । टीकापुरस्थित जैमनी अटोमोटिभ्स कम्पनी प्रालिका महाप्रबन्धक कृष्णप्रसाद जैशी बजगाईले अस्पताललाई २१ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन ।

कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाईरहेको अवस्थामा व्यवसायी बजगाईले अस्पताललाई अक्सिजन सहयोग गरेका हुन । उनले अस्पतालमा उपचाररत बिरामीको दयनीय अवस्था देखेपछि सहयोग गरेको बताए ।

उनले अक्सिजन सहयोगका लागि सबै व्यक्तिहरुलाई आग्रह गरेका छन । यो निकै चुनौतीपूर्ण अवस्था हो उनले भने हामी सबैले सकेको सहयोग गरे मात्रै पनि धेरै जनाको ज्यान जोगाउन सकिन्छ ।

व्यवसायी बजगाईले अक्सिजन सिलिण्डर सहयोग गरेपछि बिरामीको उपचारमा सहज भएको मेसु डा. रेमकुमार राईले जानकारी दिए । उनले समेत सबैलाई सहयोगका लागि आग्रह गरेका छन ।

टीकापुर अस्पतालमा उपचाररत विरामीहरुलाई अक्सिजनको अभाव देखिएको छ । आज मात्रै अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार