८ कार्तिक २०८१, बिहीबार

अक्सिजन नपाएर सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु



धनगढी । सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर एक जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालको ११ नम्बर आईसियु बेडमा उपचाररत लोकेन्द्र जोशीको आज बिहान सवा ८ बजे अक्सिजन नपाएर मृत्यु भएको आफन्तले बताए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का स्थायी बासिन्दा जोशी महाकाली नगरपालिकाका जिल्ला आयुर्वेदिक शाखाका प्रमुख समेत हुन् । मृतक जोशीका श्रीमती, एक छोरा र एक छोरी छन्।

झापामा भेन्टिलेटर भएको जानकारी पाएपछि परिवारले आज हेलिकोप्टरबाट झापा लैजाने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार