१३ बैशाख २०८१, बिहीबार

हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट



धनगढी । बिहिबार राति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ। हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षती पुर्याएको छ ।

कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले केरा किसानले लाखौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको बताए । उपाध्यक्ष धामीको टीकापुर नगरपालिका-४ बाघमारास्थित शुभम एग्रो फर्म अन्र्तगतको बेर्ना नर्सरी पुर्ण रुपमा क्षति भएको छ ।

उनले हावाहुरीले नर्सरीमा रहेका केराका बेर्ना समेत नष्ट गरेको जानकारी दिए ।केरा किसान हावाहुरीले नोक्सान गरेको केराको बीमा वाफतको रकम नपाएर झन धेरै समस्यामा छन ।

उनीहरुको केराको बीमा भएपनि सम्बन्धित कम्पनीले भुक्तानीमा समस्या देखाउने गरेका छन । कैलालीमा करिब १ हजार पाँच शय विगाह क्षेत्रफलमा केरा खेती हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार