८ कार्तिक २०८१, बिहीबार

अक्सिजन प्लान्ट खरिदका लागि जनस्तरबाटै पहल गर्न मन्त्रीको आग्रह



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनस्तरबाटै अक्सिजन प्लान्ट खरिदको लागि पहल गर्न आग्रह गरेका छन ।

‘प्रदेशमा अक्सिजन ग्याँसको अभाव बढ्दै गएको छ’ सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले विहीबार आयोजना गरेको जुम बैठकमा बोल्दै मन्त्री सुवेदीले भने –‘मन्त्रालयले खरिद गर्ने भनेको छ तर, खरिद प्रक्रिया लम्बीन्छ । छोटो विधिबाट खरिद गर्ने प्रक्रिया छैन ।’ उनले जनस्तरबाटै पहल भए मन्त्रालय पनि सहयोग गर्न तयार रहेको बताए ।

उनले मन्त्रालयले एक करोडसम्म सहयोग गर्न तयार रहेको बताए ।

उनले भने –‘हामीले प्रदेश भरीका स्वास्थ्य कार्यालयमा अक्सिजन प्लान्ट खरिदका लागि बजेट पठाएका छौं । तर, खरिद प्रक्रिया झन्झटिलो हुँदा समस्या भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार