१० श्रावण २०८१, बिहीबार

कैलालीमा अक्सिजन ग्यासको सिलिण्डर बोकेको ट्रक दुर्घटनामा



धनगढी । कैलालीमा अक्सिजन ग्यासको सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा चालक सामान्य घाईते भएका छन् ।

नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ प ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिकाको डोकेबबजार क्षेत्रमा बिहिबार बिहान ११ बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

उनका अनुसार चालकको अवस्था सामान्य रहेको जनाएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार