कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल कोरोना भाईरसबाट संक्रमित भएका छन् ।
आज गरिएको पीसीआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । कैलाली कोरोना संक्रमणको उच्च जोखिममा छ । आज कैलालीमा प्रमुख जिल्ला अधिकारी रिजाल सहित १२१ जनामा कोरोना संक्रमण पाईएको छ ।