किशोरीलाई पेट्रोल छर्केर आगो लगाउने २ जना पक्राउ
बाजुरा । बालिकाको शरिरमा पेट्रोल छर्केर आगो लगाउन प्रयास गर्ने पक्राउ परेका छन् ।

गत आइतबार राती त्रिवेणी नगरपालिका वडा नं ९ मलालगाँउमा विवाहको मेला हेर्न गएकी त्रिवेणी नगरपालिका वडा नं ८ पन्तालीकी १४ वर्षिया सभ्यता बुढाको शरिरमा पेट्रोल छर्केर आगो लगाउन प्रयास गरिएको थियो ।
बुढाको शरिरमा पेट्रोल छर्केर आगो लगाउन प्रयास गर्ने सोही नगरपालिका वडा नं ८ का १६ वर्षिय समुन गिरी र सोही वडाका १६ वर्षिय शिखर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पेट्रोल छर्केर आगो लगाउन प्रयास पछि स्थानियको सहायतामा बालिकाको उद्धार गरिएको थियो भने अहिले बालिकाको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
स्थानियको सहायताको आधारमा नै फरार रहेका पेट्रोल छर्केर आगो लगाउन प्रयास गर्ने गिरी र थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पेट्रोल छर्केर आगो लगाउन प्रयास जस्तो जघन्य अपराध गर्नेलाइृ कडा कानुन िकारबाही गर्न अनेरास्ववीयु बाजुरा लगायतका नागरिक समाजले माग गरेका थिए ।