२० बैशाख २०८१, बिहीबार

कोभिड अस्पताललाई प्राथमिकता राखेर ग्यास वितरण गर्नुहोसः मन्त्री सुवेदी



धनगढी । कैलालीको धनगढीस्थित मालिका अक्सिजन ग्यास उद्योगको बुधबार अनुगमन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको नेतृत्वमा टोलीले उद्योगको अनुगमन गरेको जनाइएको छ ।

उद्योगको अनुगमन गरेपछि मन्त्री सुवेदीले पुरा क्षमता अनुसार उत्पादन गर्न निर्देशन दिए । उनले भने –‘उद्योग सञ्चालन गर्न कठिनाई भए हामीलाई भन्नुहोस । हामीले के सहयोग गर्नुपर्छ गर्छौ तर, अस्पताललाई आवश्यक ग्यास उपलब्ध गराउनुहोस ।’

उनले ग्यास सञ्चालनका लागि पेस्कि रकम, जनशक्तिको व्यवस्थापन, विधुतिय समस्या लगायतका समाधान गर्न मन्त्रालयले साथ दिने बताए ।
उनले भने –‘सरकारि अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुहोस ।’

अनुगमनमा मन्त्री सुवेदीसहित प्रदेशको सामाजिक विकास समिति सभापति कुन्ति जोशी, मन्त्रालयका प्रदेश सचिव रघुराम विस्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार