२० बैशाख २०८१, बिहीबार

अक्सिजन सहितआइसोलेसन वार्डहरु निर्माण गर्दै स्थानीयतहहरु



डडेल्धुरा । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसंगै डडेल्धुराका स्थानीयतहहरुले अक्सिजन सहितका आईसोलेसन वार्डहरु धमाधम निर्माण गरिरहेका छन् ।

भागेश्वर गाउँपालिकाले अक्सिजन सहितको १० वेडको आइसोलेसन वार्डहरु निर्माण गरेर तयारी अवस्थामा राखेको छ । १० वेडको आईसोलन कक्षमा विरामीका लागि खाना पकाउने भान्सा कोठा र शौचालयका साथै चिकित्सकहरुको आवासको पनि छुट्टै व्यवस्थापन गरिएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष रोकाले बताए । उनले भने महिला तथा पुरुषहरुलाई छुट्टा छुट्टै राख्ने गरेर आईसोलेन वार्डहरु तयार गरेका छौ ।

नवदुर्गा गाउपालिकाले १० वेडको आईसोलेसन वार्ड संचालन गरेको र २ वटा अक्सिजन कन्सेन्टेटर रहेको र १० देखि १२ वटा सिलिन्डर बुधबारसम्म पुग्ने नवदुर्गा गाउपालिका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र विष्टले बताए । गन्यापधुरा गाउपालिका पनि १० वेडको आइसोलेसन वार्ड निर्माण गरेर दुई वटा अक्सिजन मेसिन गरिएको छ तर अक्सिजन सिलिन्डर नभएको स्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्यालले बताए ।

आलिताल गाउँपालिकाले २० वेडको आईसोलेन वार्डको व्यवस्थान गर्ने तयारी गरिरहेको र सो आईसोलेसनका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीहरुको लागि दरखास्त आह्वान गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले बताए ।

अजयमेरु गाउँपालिकाले पाँच वेडको आइसोलन कक्ष तयारी अवस्थामा राखेको र थप पाँच वेड निर्माण गरेर १० वेडको आईसोलेसन वार्ड निर्माण गर्ने तयारी भइरहेको छ र अक्सिजन कन्सेन्टेटर एक थान रहेको स्वास्थ्य शाखा हिक्मतबहादुर कडायतले बताए । परशुराम नगरपालिकाले पनि आईसोलनका लागि भवन निर्माण गरिरहेको छ । सो को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार