२० बैशाख २०८१, बिहीबार

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा २७ जना कोरोना मुक्त



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार आज प्रदेशका बिभिन्न जिल्लाका २७ जना कोरोना जितेर घर फर्किएको जनाएको छ ।

यस्तै प्रदेशमा आज ६९९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९ सय ४४ जनाको परीक्षण गर्दा ६९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एन्टिजेन विधिबाट एक हजार २ जनाको परीक्षण गर्दा २५३ जना र पीसीआर विधिबाट ९४२ जनाको परीक्षण गर्दा ४४६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा  थप ८ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १३४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार