२० बैशाख २०८१, बिहीबार

सेतीको परीक्षणमा थप १७५ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३७४ नमूना जाँच गर्दा  १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ८४ जना, धनगढी बाहेक कैलालीका ५६ जना र अन्य जिल्लाका ३५ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा ५० जना बिरामीको उपचार भइरहेको छ ।

जसमध्ये ३ जनालाई भेन्टिलेटर ९ जनालाई आइसीयु राखिएको छ । ३३ जनालाई अक्सिजन दिइएको छ । ५ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ । यस्तै अस्पतालमा सोमबार ६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार