२२ बैशाख २०८१, शनिबार

धनगढीका नगर उप–प्रमुख भट्टको पहलमा अस्पताललाई ग्यास सिलिन्डर हस्तान्तरण



धनगढी । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टको पहलमा मंगलबार सेती प्रादेशीक अस्पतालका लागि अक्सिजन ग्याँस सिलिन्डर हस्तान्तरण गरिएको छ ।

उप–प्रमुख भट्टको पहलमा अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश समितिले सेती प्रादेशिक अस्पताललाई २३ थान सिलिण्डर हस्तान्तरण गरेको हो । अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि अटो मेकानिक्स ट्रेड युनियन संग समन्वय गरेको उप–प्रमुख भट्टले बताईन । अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश समितिले निकै ठूलो मानविय सेवाको काम गरेको छ , उप–प्रमुख भट्टले भनिन्, वहाँहरु संग उपलब्ध रहेका अक्सिजन ग्याँस सिलिन्डरका आज प्रहरी मार्फत अस्पताललाई सहयोग गरेका छौं ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) घटक युनियन अटो मेकानिक्स ट्रेड युनियनले उपलब्ध गराएका २३ थान सिलिण्डर धनगढी उप महानगरपालिका ४ का अध्यक्ष दिपक थापा, वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐर समेतको उपस्थितीमा प्रहरी मार्फत सेती प्रादेशीक अस्पताललाई हस्तान्तरण गरिएको पनि उप–प्रमुख भट्टले बताईन ।

ग्याँस सिलिण्डर हस्तान्तरण कार्यक्रममा अटो मेकानिक्स ट्रेड युनियनका प्रदेश अध्यक्ष चन्द्र प्रकाश गैरेले ,नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट )सुदूरपश्चिमका सचिब जित बहादुर मल्ल, स्वतन्त्र यातायात मजदूर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्द लगायतको उपस्थिती थियो । सबै मजदूरले दैनिक गरिरहेको कामलाई बन्द गरेर कोरोना महामारी नियन्त्रणका लागी सिलिण्डर सहयोग गरेको अटो मेकानिक्स ट्रेड युनियनका प्रदेश अध्यक्ष चन्द्र प्रकाश गैरेले बताए ।

अक्सिजनको अभाव हुन थालेपछि धनगढी उप महानगरपालिकाकी उप मेयर शुसिला मिश्र भट्टले सिलिण्डर सहयोग गर्न ब्यवसायीहरुलाई अपिल गरेकी थिइन् । उनको सो अपिल संगै ब्यवसायीहरुले सिलिण्डर सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार