२२ बैशाख २०८१, शनिबार

लम्कीचुहाका दुईसहित कोरोनाबाट बिहानै चारको मृत्यु



धनगढी । दोश्रो चरणको कोरोना भाइरसको संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

३८ वर्षीय पुरुषको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार