२२ बैशाख २०८१, शनिबार

आइतबार सेतीको परीक्षणमा १२४ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  ३७३ नमूना जाँच गर्दा १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका १०४ जना, धनगढी बाहेक कैलालीका १४ जना र अन्य जिल्लाका ६ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा ६३ जना बिरामीको उपचार भइरहेको छ ।

जसमध्ये ३ जनालाई भेन्टिलेटर १७ जनालाई आइसीयु राखिएको छ । ३८ जनालाई अक्सिजन दिइएको छ । ५ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ । यस्तै अस्पतालमा आइतबार एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार