२३ बैशाख २०८१, आईतवार

अस्पतालले माग्यो रिक्त पदका चिकित्सक तथा कर्मचारी



धनगढी । सेती प्रादेशिक अस्पतालले विभिन्न तहका १३ जना कर्मचारी करारमा भर्ना गर्नका लागि सूचना जारी गरेको छ ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण प्रदेशमा बढ्दै गएपछि अस्पतालले संक्रमित विरामीको उचित एवं प्रभावकारी उपचार व्यवस्थापनका लागि रिक्त रहेका पदका लागि कर्मचारी भर्ना गर्न सूचना जारी गरेको छ ।

अस्पतालले पोडियाट्रिसियन, फिजिसियन, मानसिक रोग विशेषज्ञ, सर्जन, इएनटी सर्जन, उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट, अस्पताल नर्सिङ प्रशासक, मेडिकल अधिकृत, नर्सिङ अधिकृत, हाउस किपिङ सहायकका चिकित्सक तथा कर्मचारी माग गरेको जनाइएको छ ।

अस्पतालले जारी गरेको सूचना अनुसार सात दिनभित्र दरखास्त दिनुपर्ने र सेवा असार मसान्तसम्म गर्नुपर्ने उल्लेख छ ।

हेरौं सूचना

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार