२२ बैशाख २०८१, शनिबार

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग



कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गरेका छन्।

कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो।

चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी (बोक्सर)ले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको जानकारी दिए। 

अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उनले बताए। 

यसैगरी, भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरीदका लागि अस्पताललाई रु २० लाख दिने घोषणा गरेको छ। कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार