१० श्रावण २०८१, बिहीबार

कोरोना संक्रमणबाट संविधान सभा सदस्य चौधरीको मृत्यु



धनगढी । कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ ।

धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा कलेजो र मृगौलाको समस्या आएपछि शनिबार धनगढीस्थित नवजिवन अस्पताल भर्ना भएकी थिइन । उपचारकै क्रममा उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार