२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम प्रदेशमा १० संक्रमितको मृत्यु



धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको हो।

शनिबार प्रदेशभर १४ सय १५ को नमुना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। हालसम्म एन्टिजेन परीक्षणबाट संक्रमण भएकामध्ये २० र पीसीआर परीक्षणबाट संक्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांक छ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ संक्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ। 

अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ। कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार