२३ बैशाख २०८१, आईतवार

थप एक कोरोना संक्रमितको मृत्यु



धनगढी । कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुर महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

शनिवार कैलालीका ५ संक्रमितले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार