३ जेष्ठ २०८१, बिहीबार

अछाम र डडेल्धुरामा पनि निशेधाज्ञा



धनगढी । कोरोनाको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १९ गते राती १२ बजेबाट लागू हुने गरेर दुई हप्ता निशेधाज्ञा जारी गरेको छ ।

निशेधाज्ञा जेठ २ गते राती १२ बजेसम्म लागू हुने भएको छ । अत्यावश्यक सार्वजनिक सेवाप्रवाह, खाद्यान्न, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, फोहोर, दुरसञ्चार र दूधजन्य सवारी साधनमात्र चल्ने छन् ।

खाद्यान्नका बिहान ५ देखि बिहान १० बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लको भनाइ छ । निशेधाज्ञा पालना गर्ने सबैको कर्तव्य भएको भन्दै सङ्क्रमण रोग ऐन २०२० का साथै प्रचलितकानुनअनुसार कार्वाही गरिने बताइएको छ ।

अछाममा हाल पाँच जना अस्पतालमा र १०२ जनाहोम आइसोलेशसनमा रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीको भनाइ छ । हालसम्म १७ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भइसकेको छ ।

यसअघि वैशाख १६ गतेदेखि सुदूरपश्चिमकादुई तराइका जिल्ला कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा लगाइएको छ ।
डडेल्धुरामा बैशाख १९ गतेदेखि एक साताकालागिनिषेधाज्ञा (लकडाउन) जारी गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक साता निषेधाज्ञा जारी गरेको हो ।

बैशाख १९ गते बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय लकडाउन गर्ने निर्णय गरेको प्रजिअ घिमिरेले बताए । प्रजिअ घिमिरेले भने, ‘निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधनबन्द रहने छन्, अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्यपदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।’

खाद्य सामग्रीका पसलहरु बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने प्रजिअ घिमिरेले बताए । ‘निषेधाज्ञा लागेपछि अति आवश्यक कामकाजबाहेक हिँडडुल गर्न पाइने छैन । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्ममात्रै भेला हुन बैठकको निर्णय रहेको छ ।

हालसम्मको तथ्यांक अनुसार डडेल्धुरा जिल्लामा कोरोना सङ्क्रमितको संख्या ६२ जना पुगेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोस श्रेष्ठले बताए । जसमध्ये ११ जना डडेल्धुरा अस्पतालमा उपचाररत रहेको र बाकी घरमै आइसोलेसनमा बसेको श्रेष्ठले बताए । डडेल्धुरामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्यादुई पुगेको समेत प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार