३ जेष्ठ २०८१, बिहीबार

सेतीमा थप दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालमा थप दुई सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पाँच सय ५२ नमूना परीक्षण गर्दा दुई सय ४१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै एक सय १३ जना रहेका छन्।
यस्तै धनगढीबाहेक कैलालीका ९१ जना र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

हाल अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १७ जना आइसियूमा, ३४ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । सेतीमा उपचाररत कैलालीको टीकापुरका ५० वर्षिय महिला, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३२ वर्षिय पुरुष र बेल्डाँडीका ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार