३ जेष्ठ २०८१, बिहीबार

डडेल्धुरामा कोरोना संक्रमित शिक्षकको मृत्यु



डडेल्धुरा । डडेल्धुरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुष रहेका छन्। उनी पेशाले शिक्षक हुन्।

कञ्चनपुरबाट उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत ती युवकमा शुक्रबार कोरोना संक्रमण देखिएको थियो। उनमा अन्य कुनै पनि बिरामी नरहेको बुझिएको भट्टले बताए। उनको शव डडेल्धुरा अस्पतालमा राखिएको र केहीबेरमा परशुराम नै लैजाने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार