३ जेष्ठ २०८१, बिहीबार

कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु



कञ्चनपुर । पछिल्लो २४ घण्टामा कञ्चनपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

जिल्लाको भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोवीन्द रोकायाले बताए । 

उनीहरुको संक्रमणपछि केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। दुवैको शुक्रबार राति मृत्यु भएको उनले बताए ।

त्यस्तै भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइशोलेसन मृत्यु भएको छ । कोरोना संक्रमित ती पुरुषको पनि शुक्रबार राति नै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डा. रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार