३ जेष्ठ २०८१, बिहीबार

थप एक कोरोना संक्रमितको मृत्यु



धनगढी । कैलालीमा शुक्रबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार धनगढी सेती प्रादेशिक कोभिड अस्पतालमा उपचाररतटीकापुर नगरपालिकाकी वडा नं ७ की ५० बर्षिय महिलाको मृत्यु भएको हो ।

यही बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पाताल भर्ना भएकी उनको शुक्रबार राति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

भुलबस अन्य स्थान हुन गएकोले सच्याइएको छ । सम्पादक

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार