९ फाल्गुन २०८०, बुधबार

कटुवा पेस्तोलसहित ५ जना पक्राउ



कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लम्की को टोलीले कटुवा पेस्तोलसहित लम्की चुहा नगरपालिका वडा नं.२ मोतिपुबाट  कभिर देवकोटा, निसान भन्ने दीपक मल्ल, आरदिप शाही, मदन शाही र अछाम मङ्गलसेनकी अस्मिता भण्डारीलाई पक्राउ गरेको छ । 

उनीहरूको साथबाट  १ थान पेस्तोल र लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए ।बिहीबार लम्की चुहा नगरपालिका वडा नं.२ मोतीपुर चोकमा गाडीबाट ओर्लिएका २ जनालाई भाडा माग्दा विवाद गरी पेस्तोल देखाएर उनीहरू फरार भएका थिए ।

बिहीबार राती नै प्रहरीले उनीहरूलाई पच्छाएको थियो । उनीहरूले छोडेको झोलामा प्रहरीले २ थान खुकुरी भेटाएको जनाएको छ ।थप अनुसन्धान पछि शुक्रवार लम्की चुहा नगरपालिका २ मोतीपुर स्थित काशीराम देवकोटाको घरमा लुकेर रहेको अवस्थामा  पेस्तोलसहित ५ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्किका प्रमुख प्रहरी निरीक्षक भरत शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार