३ जेष्ठ २०८१, बिहीबार

कोरोना परीक्षणका लागि निशुल्क स्वाव संकलन



धनगढी । धनगढी उप–महानगरपालिका सर्वसधारणहरुको लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेकाहरुको कोरोना परीक्षणका लागि एक बर्ष देखि निशुल्क स्वाव संकलन जारी राखेको छ ।

यसरी सर्वसधारणलाई निशुल्क स्वाव संकलन तथा पिसिआर परीक्षण गर्ने सुविधा दिने धनगढी एक मात्रै स्थानीय सरकार हो । हामी एक बर्ष देखि निरन्तर स्वाव संकलन गरिरहेका छौं धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘श्रोत साधनले भ्याएसम्म यसलाई निरन्तरता दिईने छ । धनगढी उप–महानगरपालिकाले संचालन गरेको स्वाव संकलन केन्द्रबाट प्रदेशभरीका ब्यक्तिले सेवा लिईरहेको नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्दबाट स्वाव लिई गरिरहेको छ । कोरोना संक्रमणदर बढेसंगै स्वाव दिनेको संख्या अत्यधिक बढेको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार