१७ बैशाख २०८१, सोमबार

थप तीन संक्रमितको मृत्यु



धनगढी । कैलालीका थप तीन जना कोरोना संक्रमितको मृत्यु छ । जिल्लाको गोदावरी नगरपालिका ११ को ६३ बर्षिय पुरुष , धनगढी उपमहानगरपालिका वडा नं ८ का ४५ बर्षिय पुरुष र लम्कीचुहा नगरपालिका वडा नं १ का ४३ बर्षिय पुरुषका शुक्रबार बिहान मृत्यु भएको हो ।

१६ गते मात्रै कोरोना पुष्टि भएको गोदावरीका पुरुषको शुक्रबार बिहान १ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यस्तै धनगढी ८ का ४५ बर्षिय पुरुषको बिहिबार राति र लम्कीचुहा नगरपालिका १ का ४३ बर्षिय पुरुषको शुक्रबार बिहान साढे ४ बजे सेती प्रादेशिक कोरोना अस्पतालमा मृत्यु भएको हो ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार