१७ बैशाख २०८१, सोमबार

कैलालीमा सक्रिय संक्रमित पाँच सय नाघ्यो



धनगढी । कैलालीमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेशमा एक हजार तीन सय ९५ सक्रिय संक्रमित रहेकोमा कैलालीमा पाँच सय बढी र कञ्चनपुरमा दुई सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

कैलालीमा १५ हजार तीन सय १० जनाको पिसिआर परिक्षण गर्दा छ हजार सात सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

निर्देशनालयका अनुसार कैलालीमा सात सय ६० सक्रिय संक्रमित रहेका छन भने कञ्चनपुरमा तीन सय ११ सक्रिय संक्रमित रहेका छन ।

यस्तै, बैतडीमा एक सय २४, डोटीमा ९९, डडेल्धुरामा ५९, बझाङमा १६, अछाममा १५, दार्चुलामा चार र बाजुरामा दुई जना सक्रिय संक्रमित रहेका छन भने अन्य जिल्लाका पाँच जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार