१० श्रावण २०८१, बिहीबार

कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ३८ वटा सवारी साधन कारबाहीमा



धनगढी । कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ३८  वटा सवारीसाधनलाई कारबाही गरेको छ ।  कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन हुन नदिन प्रहरीले निगरानी तथा कारवाही कडा पारेको हो ।  

निषेधाज्ञाको पहिलो दिन बुधबार  कैलालीमा  ७५०  वटा सवारीसाधनलाई प्रहरीले होल्ड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहरा बताए ।

सबै सवारी साधनलाई  होल्ड गरि सम्झाई बुझाई छोडिएको र ३८ वटा सवारी साधन लाई कार्वाहि गरि २३ हजार ५ सय राजश्व संकलन भएको उनले बताए ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले कैलाली र धनगढी आसपासका क्षेत्रमा कडाइ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार