१० श्रावण २०८१, बिहीबार

दुई जिल्लामा नाइट लकाउन



धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा सोमबारदेखि ‘नाइट लकडाउन’ जारी भएको छ ।

दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थितीमा भएको अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्र बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिए ।

‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्ध लगाउने सहमति भएको छ’ उनले भने– यो निर्णय सोमबारदेखि कार्यान्वयन भएको छ । नाइट लकडाउन भन्दा हुन्छ ।

उनका अनुसार रातिको समयमा हिडडुलमा प्रतिवन्ध लगाउने निर्णय कार्यान्वयन नभए दुई÷तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिनेछ ।

त्यस्तै दुबै जिल्लामा आज (मंगलबार) देखि सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने पनि सहमति भएको छ ।

कैलाली र कञ्चनपुरमा सवारी साधन जोरबिजोरमा चल्ने भएका छन्् । कोरोना संक्रमण बढ्दै गए पछि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा बसेको बैठकले मंगलबार यो निर्णय गरेको जनाइएको छ ।

तोकिएको मापदण्डको पालना गरि आवश्यक सेवाका सवारी साधनहरू र लामो दुरीका सवारी साधन बाहेका अन्य छोटो दुरीका सार्वजनिक तथा निजि सवारी साधन कैलाली र कञ्चनपुरमा जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, कैलालीमा सबै शैक्षिक संस्थाहरू बैशाख मसान्त सम्म बन्द हुने भएका छन्् । कोभिडलाई मध्यनजर गर्दै कैलालीमा जिल्ला संकट व्यवस्थापनको बैठकले बैशाख १४ गतेदेखि बैशाख ३१ गतेसम्मका लागि विद्यालय,कलेज ट्युसनहरू सञ्चालन नगर्ने जनाएको छ ।

यस अघि कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गरेको थियो । अब कैलालीमा सबै शैक्षिक संस्थाहरू बैशाख मसान्त सम्म सञ्चालन गर्न नपाईने जनाएको छ ।

गौरिफन्टा नाकाको निरीक्षण

कैलाली जिल्लासंग सिमा जोडिएको गौरीफन्टा नाकाको सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले निरीक्षण गरेका छन्् । पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भईसकेकोले भारतका बिभिन्न सहरहरूबाट हजारौ नेपालीहरू गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरिरहेका छन्् ।

सोमबार सो नाकाको अवस्था बुझन् कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले संयुक्त रुपमा निरीक्षण गरेका हुन् ।

दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा सोमबार बसेको बैठकले कैलालीको हकमा गौरीफन्टा नाका भई नेपाल प्रवेश गर्ने नागरिकहरूका लागि आवश्यक पर्ने होल्डिङ सेन्टरका हकमा गौरीफन्टा नाका नजिक पर्ने उपयुत्त, स्थान उपलब्ध गराउन धनगढी उपमहानगरपालिकालाई अनुरोध गर्ने र कञ्चनपुरको हकमा गड्डाचौकी नाका भई नेपाल प्रवेश गर्ने नागरिकहरूका लागि आवश्यक पर्ने होल्डिङ सेन्टरका हकमा भिमदत्त नगरपालिकालाई उपयुत्त स्थानमा होल्डिङ सेन्टर स्थापना गर्ने गरि भिमदत्त नगरपालिकालाई अनुरोध गर्ने निर्णय भईसकेको छ ।

२४ घन्टामा तीनको मृत्यु

कैलाली र कञ्चनपुर जिल्लामा पछिल्लो २४ घण्टा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा एक जना र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको हो ।

चैत्र ३ गते देखि धनगढी स्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कञ्चनपुर बेदकोटन नगरपालिका १ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

सेतीमा वैशाख महिनामा मात्रै छ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि सात जनाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उता कञ्चनपुरमा दुई जना जना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका वडा नम्बर ४ का ६० वर्षका एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार मात्र अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यस अघि भीमदत्त नगरपालिका वडा नम्बर १५ का ७० वर्षीय एक पुरुषको मृत्यु भएको थियो ।

वैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा आइतबार राति मृत्यु भएको थियो । वैशाख महिनामा मात्रै महाकाली अस्पतालमा चार जना संक्रमितको मृत्यु भइसकेको अस्पतालका सूचना अधिकारी नारद भट्टले जानकारी दिए ।

एकै दिन ६७ जना नयाँ संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा सोमबार ६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल तथा डोटी र बैतडी अस्पतालमा गरिएको स्वाव परीक्षणमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनाल दीपायलले दिएको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा एक सय ६७ स्वाव परीक्षण गर्दा ११, डडेल्धुरा अस्पतालमा ५३ स्वाव परीक्षण गर्दा २३, डोटी अस्पतालमा ३० स्वाब परीक्षण गर्दा १२ र बैतडी अस्पतालमा ३१ स्वाव परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण गर्दा धनगढी उपमहानगरपालिकामा छ जना तथा गोदावरी नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनर्बास, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका एक÷एक जना संक्रमित रहेका छन् ।

त्यस्तै, सोमबार थप १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्् । सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा छ÷छ र डडेल्धुरा अस्पतालमा चार जना संक्रमित डिस्चार्ज भएका हुन । योसंगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार एक सय ८८ पुगेको छ ।

प्रदेशमा अहिले छ सय ५८ सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी कैलालीमा तीन सय १०, कञ्चनपुरमा एक सय ७७, बैतडीमा ८२, डोटीमा ४०, डडेल्धुरामा ३६, अछाममा पाँच, बाजुरा, दार्चुलामा दुई÷दुई र बझाङमा एक जना सक्रिय संक्रमित रहेका छन्् भने अन्य जिल्लाका तीन जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म चार जना भेन्टिलेटरमा, २१ जना आइसियूमा र कोभिड वार्डमा एक सय १२ जना उपचाररत रहेका छन्् भने पा“च जना संकास्पद व्यक्तिहरू पनि अस्पतालमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेश निर्देशनालयका अनुसार हालसम्म कोरोनाका कारण ६४ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा ३३, कञ्चनपुरमा १५, बतडी, बझाङ, डडेल्धुरामा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई र डोटीमा एक जनाको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार