१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर दिनहुँ बढ्दो



पछिल्लो कोरोना संक्रमण युके भेरियन्ट रहेको पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दरमा निरन्तर बृद्धि आइरहेको छ । गत चैत महिनाको शुरुवातदेखि नै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दरमा बृद्धि आइरहेको तथ्यांकहरूले देखाएको छ ।

भारतका महाराष्ट्र, दिल्ली, पञ्जाब, गुजरात, उत्तरप्रदेश लगायतका राज्य तथा शहरमा फेरि कोरोना भाइरस संक्रमण एकाएक ह्वात्तै बढेपछि गत चैत ३ गते भारतबाट फर्किनेहरूको सीमानाकामा परीक्षण गरिएको थियो । सोही दिन भारतबाट आउने नेपालीहरूमध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

सोमबार (बैशाख ६ गते) सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सोमबार एक सय ७५ नमूना परीक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै, कञ्चनपुरस्थित महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जना र बैतडी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पा“च जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले अनुमोदनलाई जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार एक सय ३७ नमूना परीक्षण गरिएको थियो ।

त्यस्तै, महाकाली अस्पतालको प्रयोगशालामा २५ जनाको नमूना परीक्षण गरिएको थियो भने बैतडी जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १३ जनाको नमूना परीक्षण गरिएको थियो ।

भारतका विभिन्न राज्य र स्थानबाट नेपाल फर्किरहेका नेपालीहरूमा कोरोना भाइरस संक्रमण बढेको भए पनि कुन भेरियन्टको हो भन्ने विषयमा भने अन्यौल थियो । त्यसका लागि हङकङ पठाइएको नमुनामा सुदूरपश्चिम प्रदेशमा देखिएको कोरोना भाइरसको भेरियन्ट ‘युके भेरियन्ट’ पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो कोरोना भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुनाहरू गत चैत १५ गते काठमाडौं पठाइएको थियो । त्यसमध्ये तीन जनामा कोरोनाको नया“ भेरियन्ट पुष्टि हु“दा त्यो भेरियन्टको प्रकार पत्ता लगाउन हङकङ पठाइएको नमुनामा तीन जनामा नै युके भेरियन्ट पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले अनुमोदनलाई जानकारी दिए ।

‘हामी कहाँ त्यसको आधिकारिक प्रमाणपत्र त आइपुगेको छैन’ अस्पतालकाका सूचना अधिकारी श्रेष्ठले भने– तर, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त मौखिक जानकारी अनुसार हङकङमा परीक्षणका लागि पठाइएका नमुनाहरूमा ‘युके भेरियन्ट’ पुष्टि भएको छ ।

डोटीको जोरायल गाउ“पालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक÷एक जनामा युके भेरियन्ट कोरोना रहेको पुष्टि भएको छ । त्यसपछि भने कसैको पनि नमुनामा भेरियन्ट छुट्ट्याउनका लागि काठमाडौं पठाइएको छैन । एक चिकित्सकका अनुसार सुदूरपश्चिम प्रदेशमा फैलिएको कोरोना भारतमा जस्तै युके मात्रै नभएर अन्य मुलुकमा फैलिएको भेरियन्ट पनि पुष्टि हुने संकेत देखिएको छ ।

‘अहिले भारतबाट आउने अधिकांश नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेको छ’ ती चिकित्सकले भने– त्यसमा युके मात्रै होइन त्यो भन्दा बढी जोखिमयुक्त भेरियन्टहरू पनि छन् । तर, पर्याप्त परीक्षण हुन सकेको छैन ।

कोरोनाको भेरियन्ट छुट्ट्याउन नमुना नेपाल बाहिर पठाउनुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट आउने नेपालीहरूस“गै समुदायमा गरिएको परीक्षणमा समेत कोरोना पुष्टि हुने क्रम बढेको छ ।

गत चैत ११ गतेसम्म परीक्षणको तीन प्रतिशतमा पुष्टि भएको कोरोना अहिले २७ प्रतिशतले बढेर ३० प्रतिशत पुगिसकेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार