१३ बैशाख २०८१, बिहीबार

सुख्खा बन्दरगाहको गुरुयोजना पुरा



धनगढी । कञ्चनपुरको दोधारा चा“दनीमा बन्ने सुख्खा बन्दरगाह तथा एकिकृत जाँच चौकीको गुरुयोजना (मास्टर प्लान) पुरा भएको छ ।

फाइल तस्बिर

आगामी आर्थिक वर्ष ९०७८–०७९० देखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरण प्रभाव मूल्यांकन (इआइए) को काम सुरु गरिने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

डिपिआर तथा इआइएको काम आउँदो आर्थिक वर्ष भित्रै सकिने गरी योजना बनाइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । बन्दरगाह तीन वर्ष १० महिना भित्रमा तयार गरिसक्ने समितिको भनाइ छ ।

दुई सय ८७ बिघा जमिनमा रहने बन्दरगाह निर्माणका लागि पहिलो चरणमा करिब ७ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । यो रेलवे निर्माण बाहेकको लागत हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार