१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको सातौ अधिवेशन अन्त्य



धनगढी । सुदूरपश्चिम प्रदेशको सातौं अधिवेशन मंगलबार अन्त्य भएको छ । मंगलबार बसेको प्रदेश सभाको २१ औं बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सभामुखले मंगलबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए ।

सभामा सभामुख थापाले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन २०७८ साल वैशाख ७ गते रातको १२ बजेदेखि अन्त्य गरेको पत्र पढी सभामा जानकारी गराएका हुन ।

सभामुख थापाका अनुसार सातौ अधिवेशन २० दिनसम्म सञ्चालन भएको थियो । उनले १७ घण्टा १८ मिनेटसम्म सञ्चालन भएको अधिवेशनमा २१ वटा बैठक सम्पन्न भएको जानकारी दिए । उनका अनुसार सातौं अधिवेशनमा विशेष समय आठ पटक र शून्य समय दुई पटक सञ्चालन भएको थियो ।

२०७७ माघ २६ गतेबाट शुरु भएको सातौं अधिवेशनबाट सात वटा विधेयक पारित गरेको थियो भने चार वटा विधेयक विचाराधिन अवस्थामा रहेको छ ।

सभामुखका अनुसार अधिवेशनबाट प्रदेश वालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, सुदूरपश्चिम प्रदेशको विउविजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको थियो ।

यस्तै, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश प्रदेश आर्थिक कार्यविधी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

सातौ अधिवेशनमा प्रदेशको पशु व्यवस्था तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित शशक्तिकरण सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक, पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार