१० श्रावण २०८१, बिहीबार

सेतीमा कोरोना संक्रमितको मृत्यु



धनगढी । कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० का ८१ वर्षिय पुरुषको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा शुक्रबार उपचार गराइरहेका उनको राती साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ती पुरुषमा कडा खालको श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार