४ आश्विन २०७८, सोमबार

मालिकार्जुन दार्चुला सेवा समितिद्धारा सामग्री वितरण



धनगढी । मालिकार्जुन दार्चुला सेवा समितिले धनगढी स्थित एक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वास्थ्य सामाग्री लगायतका सामाग्री वितरण गरेको छ ।

धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडाको बेहडाबाबा प्राथमिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई मास्क,कापी,पेन्सिल तथा जुस बितरण गरिएको समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए ।

कोरोनाको प्रभाव बढिरहेका बेला सामाजिक दायित्व अन्तर्गत सो सामाग्री वितरण गरिएको पन्तले बताए । मास्क रोटरी क्लब धनगढीले उपलब्ध गराएको थियो भने अन्य सामग्री मालिकार्जुन दार्चुला सेवा समितिले प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्