१७ बैशाख २०८१, सोमबार

पूर्ण साक्षरता घोषणा अभियान तिब्र



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकालाई यहि मंगलबार पूर्ण साक्षर गाउँपालिका घोषणा गरिएको छ । जोशीपुर गाउँपालिकाको १५ देखि ६० उमेर समुहका कुल जनसंख्यामध्ये ९९ प्रतिशत जनसंख्या साक्षर भएकोे तथ्यांकपछि गाउ“पालिकालाई साक्षर घोषणा गरिएको जनाइएको छ ।

कैलालीको गोदावरी नगरपालिकालाई यही ११ गते पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने तयारी रहेको छ । गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त खत्रीले भने– हामीले नगरपालिकालाई ११ गते पूर्ण साक्षर नगर घोषणा गर्ने भनी कार्यपालिकाबाट निर्णय भइसकेको छ ।’ उनका अनुसार साविकको अत्तरिया नगरपालिका यसअघिनै साक्षर नगर घोषणा भइसकेको थियो । उनले भने– अहिले हामीले २०७१ सालको जनसंख्यालाई आधार मानी सर्वेक्षण गर्दा निरक्षर भन्दा साक्षर जनसंख्या बढी भएको देखिएको छ ।’ उनले नगरपालिकामा १५ देखि ६० उमेरसमुहका ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर रहेको पाइएकोले नगरपालिकालाई साक्षर नगर घोषणा गर्न लागिएको बताए ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी पनि साक्षर उपमहानगरपालिका घोषणा गराउन तिव्र रुपमा अघि बढेको छ । उपमहानगरपालिकाले साक्षर घोषणा गराउनका लागि १९ वटै वडालाई तथ्यांक संकलन गर्न भनि पत्राचार गरिसकेको छ । उपहानगरपालिकाले चैत २५ गते सबै वडालाई साक्षर वडा घोषणा गरि पठाउन भनी पत्राचार गरेको थियो । ‘उपमहानगरपालिकालाई यसै आर्थिक वर्ष २०७७÷७८ मा साक्षर उपमहानगरपालिका घोषणा गर्नुपर्ने भएको हुनाले त्यहाँ वडा समितिको निर्णयबाट बैशाख मसान्तिभत्र नियमानुसार वडालाई साक्षर घोषणा गरि पठाउन हुन अनुरोध छ’ उपमहानगरपालिकाको पत्रमा भनिएको छ ।

उपमहानगरपालिकाका शिक्षा अधिकृत महादेव जोशीले साक्षर उपमहानगरपालिका घोषणा गर्नका लागि वडाबाटै साक्षर वडा घोषणाको सुनिश्चितता माग गरिएको बताए ।

उनले भने– सबै वडा घोषणा साक्षर भए उपमहानगरलाई साक्षर घोषणा गर्न असम्भव छैन ।’

गौरिगंगा नगरपालिकाले भने यस वर्ष साक्षर घोषणाको कार्य अघि नबढाएको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश पन्तले भने– अहिले कर्मचारी दरबन्दी मिलानकै काम भइरहेकोले साक्षर घोषणा कार्यक्रम अघि बढेको छैन ।’

शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले पनि चालु आर्थिक वर्षमै जिल्लालाई पूर्ण साक्षर घोषणा गराउने गरि तिव्र रुपमा काम अघि बढाइएको जनाइएको छ । कैलालीलाई २०६७ सालमै साक्षर जिल्ला घोषणा गराउने तयारी भएपनि हुन सकेको थिएन । कैलाली र कञ्चनपुरलाई आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तिभत्रै साक्षर जिल्ला घोषणा गराउने स्थानीय तहहरूले प्रतिवद्धता व्यक्त गरेपनि कोरोना महामारीका कारण कार्यक्रम अघि बढ्न सकेको थिएन ।

२०६८ को जनगणना अनुसार कैलालीमा सात लाख ७५ हजार सात सय नौ जनसंख्या रहेकोमा १५ देखि ६० उमेर समुहका चार लाख २४ हजार दुई रहेकामा एक लाख ५९ हजार दुई सय एक निरक्षर रहेको उल्लेख छ । साविकाको शिक्षा कार्यालयले २०६७ सालमा गरेको घरधुरी सर्वेक्षणमा भने एक लाख ४३ हजार दुई सय ३५ जनसंख्या निरक्षर रहेको देखाइएको थियो । सरकारले जारी गरेको साक्षर नेपाल वर्ष २०७६ अनुसार कैलालीमा विगत आठ वर्षमा एक लाख ४५ हजार एक सय ४२ जनसंख्याले साक्षरता कक्षा प्राप्त गरेको उल्लेख छ । इकाईले सोही घरधुरी सर्वेक्षणलाई आधार मानेर चालु आर्थिक वर्षमै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

तर, कैलालीका दुर्गम गाउ“पालिकामा भने अझै सोही उमेर समुहका निरक्षर व्यक्तिहरू अत्याधिक रहेको जनाइएको छ । चुरे गाउ“पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विविराज सोतिले भने– हामीले आर्थिक वर्ष २०७६÷७७ मा घरधुरी सर्वेक्षण गर्दा निरक्षरको जनसंख्या धेरै देखिएको थियो । त्यो तथ्यांकको पुष्टि गर्न नपाउ“दै कोरोना महामारीले कार्यक्रमनै अघि बढ्न सकेन ।’ उनका अनुसार गाउ“पालिकामा ५५ वर्षभन्दा माथिका र अपाङ्गता भएका व्यक्तिहरूसंगै जनप्रतिनिधीहरू पनि निरक्षर भएको प्रतिवेदनमा उल्लेख थियो ।

उनले चालु आर्थिक वर्षमा गाउ“पालिकाले साक्षर घोषणासम्बन्धी कार्यक्रमनै उल्लेख नगरेको बताए । उनले भने– अहिले हामीले साक्षर घोषणाबारे कार्यक्रम राखेका छैनौं । त्यही पनि हामी त्यसबारे केही दिनमा कार्यपालिकामा छलफल चलाउने छौं ।’

कैलालीकै दुर्गम मानिएको मोहन्याल गाउ“पालिकामा पनि निरक्षरको संख्या अत्याधिक रहेको छ । मोहन्याल गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले मोहन्याल गाउँपालिकाका साक्षर गाउ“पालिका घोषणा गर्न सम्भव नरहेको बताए । उनले भने– साक्षर गाउ“पालिका घोषणाबारे चालु आर्थिक वर्षमा कुनै पनि कार्यक्रम छैनन । भौगोलिक अवस्थाले पनि साक्षर घोषणा गर्न सम्भव देखिदैन ।’

सरकारले जारी गरेको साक्षर नेपाल वर्ष २०७६ मा निरक्षरले राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षरको पढाइ र लेखाइ गर्नसक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्नसक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने शून्यदेखि ९ सम्मका अङ्क अक्षर लेखाइ गर्नसक्ने, १ देखि सयसम्म गणना गर्न सक्ने, लेनदेनका हरहिसाब राख्नसक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने र बैंक भौचर भराइ र चेक खिचाइ गर्नसक्ने हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार