२३ बैशाख २०८१, आईतवार

अटोरिक्सा यात्रुका लागि क्यूआर कोडको सुविधा



धनगढी । मेगा बैंक नेपाल लिमिटेडले धनगढीमा रिक्सा चढ्ने यात्रुले अब क्यूआर कोड स्क्यान गरेर भाडा तिर्न सक्ने व्यवस्था गरेको छ ।
विद्युतीय रिक्सा चालक मजदुर संघस“गको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरूले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् ।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गर्दा रिक्सा चालकहरू निकै खुसी भएका थिए ।

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ । क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

यसका साथै स्वरोजगारमुलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरूको रकम सिधै बैंक खातामा बचत हुने भएकाले रकम बोकेर हिँड्न पर्ने बाध्यता हट्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार