१५ चैत्र २०८०, बिहीबार

गोदावरीका जनप्रतिनिधिहरूको आरोप– मनोमानी ढंगले काम भयो



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरपालिकाका प्रमुख, उपप्रमुखहरूले मनोमानी र अनियमित ढंगले काम गरिरहेको आरोप लगाएका छन् ।

गोदावरी नगरपालिकामा नेपाली का“ग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले नगरपालिकाको कार्यपालिकामा बहुमतमा रहेका एमालेबाट निर्वाचित प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधीहरूले बिना छलफल आफुखुशी ढंगले आफ्ना दलका कार्यकर्ताहरू पोस्ने गरी काम गरिरहेको आरोप लगाए ।

काँग्रेसका वडाध्यक्षहरूले आइतबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिका नेतृत्वले राजनीतिक पूर्वाग्रहका आधारमा काँग्रेसका वडाध्यक्ष तथा सदस्यहरू निर्वाचित भएका वडाहरूलाई भेदभाव गरेर काम गरिरहेको आरोप लगाए ।

गोदावरी नगरपालिकाका वडा नम्बर ६, ७, ८, १० र १२ गरी पा“च वडाका अध्यक्षहरूले आफूहरूको वडामा आउने विकास निर्माण योजनाहरू समेत अन्य वडामा सारिएको दाबी गरे । वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाहीले भने– नगर प्रमुखबाट पटक–पटक का“ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई हेप्ने काम भइरहेको छ ।

उनले भने– यो नगर मेयर, प्रमुख प्रशासकीय अधिकृत वा कसैस“गको व्यक्तिगत कुरा होइन । यो सिस्टमको लडाइ हो । नगरपालिकाका शिक्षा शाखा, कृषि शाखा, स्वास्थ्य शाखा लगायतमा एडीबीको प्रोजेक्टमा हामीहरूलाई विभेद गरिएको छ ।

उनले नगर नेतृत्वले सबै वडालाई समान रुपमा व्यवहार गर्न आग्रह गरे ।

उनले का“ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू भएका वडा तथा गाउ“मा अहिलेसम्म पनि विकास निर्माण योजनाहरूको ठेक्कापट्टाको टेन्डर हुन नसकेको बताए ।

वडा नम्बर १२ का वडाध्यक्ष भीमबहादुर खड्काले सबै वडालाई समान रुपमा बजेट विनियोजन गर्नुपर्ने माग गरे । ‘हामीले बारम्बार विभेद नगर्न आग्रह गरेका छौं, तर कार्यपालिकाको बैठकमा मेयरले पेलेर लैजाने गर्नुभएको छ’ वडाध्यक्ष खड्काले भने– सबै वडाका बासिन्दाहरूले विकासको अनुभूति गर्न पाउनु पर्छ भन्ने हाम्रो धारणा हो ।

गोदावरी नगरपालिकामा का“ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरपालिकाको मनोमानी कामप्रति आपत्ति जनाउ“दैे गत ६ गते नगर प्रमुख हरिसिंह साउदको ध्यानाकर्षण गराएका थिए ।

वडा नम्बर ८ का अध्यक्ष नरेन्द्र बहादुर अधिकारीले आफूहरूको माग सम्बोधन नभए जनता माझ जाने बताए । उनले भने– हाम्रा माग सम्बोधन गरिएन भने हामी जनता सामु गएर सबै कुरा भन्ने छौं ।

गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा प्रवक्ता शर्मानन्द भट्टले कुनै पनि वडामा विभेद नगरिएको दाबी गरे । उनले भने– हामीले आवश्यकताका अनुसार सबै वडामा बजेट पठाएका छौं । कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार