१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिए



धनगढी । धनगढी उपमहानगरपालिकाका तीन सहित सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६९ नमूना परीक्षण गर्दा पा“च जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ६० वर्षीया महिला, धनगढी उपमहानगरपालिका वडा नम्बर २ का १९ वर्षीय पुरुष र वडा नम्बर ५ का ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।


यस्तै कैलालीकै २४ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–५ की ७२ वर्षीया महिलामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार