१४ बैशाख २०८१, शुक्रबार

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको स्वागत



धनगढी । नेपाल प्रेस युनियन, कैलालीले भरखरै भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा विजयी सुदूरपश्चिम प्रदेश समिति तथा कैलाली शाखाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा महासंघका प्रदेश तथा जिल्ला समितिका निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह, पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, प्रदेश उपाध्यक्ष योगेन्द्र बलायर सहित प्रदेशका पदाधिकारी र सदस्यहरु तथा कैलाली शाखाका निर्वाचित सदस्यहरुलाई स्वागत तथा सम्मान गरियो ।

सो अवसरमा नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश संयोजक लालबहादुर ऐरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य करुणाकर पाण्डेय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल प्रेस युनियनका कैलाली शाखा अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको थियो । प्रेस यूनियनका उपाध्यक्ष भावना जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सिताराम ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार