७ बैशाख २०८१, शुक्रबार

अब धनगढी दौडिन्छ हाफ म्याराथन



जुम्लाका दुर्गाले जीते उपाधी

धनगढी । “अब धनगढी दौडिन्छ” हाफ म्याराथनको उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले जीतेका छन् । धनगढी जेसिजको आयोजनामा शनिबार धनगढीमा आयोजित हाफ म्याराथनमा धावक दुर्गाले एक घन्टा छ मिनेट आठ दशमलव १८ सेकेन्डमा २१ दशमलव एक किलोमिटरको दुरी पार गर्दै उपाधी उचाले ।

धावक दुर्गाको यो लगातार तेस्रो उपाधी हो । जीतसंगै उनले ५५ हजार पाँच सय ५५ रुपैया पुरस्कार प्राप्त गरे ।

हाफ म्याराथनमा बैतडीका धावक नरेन्द्र रावतले द्वितीय स्थान प्राप्त गरे । उनले निर्धारित दुरी एक घन्टा नौ मिनेट आठ दशमलव ५३ सेकेण्डमा पार गरे । त्यस्तै, सशस्त्र प्रहरीका सन्तोष बिष्टले निर्धारित दूरी एक घन्टा १२ मिनेट चार दशमलव २७ सेकेण्डमा ुिरा गर्दै तृतीय स्थान प्राप्त गरे ।

दोस्रो र तेस्रो स्थान प्राप्त गरेका नरेन्द्र र सन्तोषले क्रमशः ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ रुपैया“ पुरस्कार प्राप्त गरे ।
यसैगरी शनिबार नै भएको कर्पोरेट मिडियातर्फको पाच किलोमिटर दौडमा वीरेन्द्रप्रसाद भट्टराई प्रथम भए । उनले १७ मिनेट १३ दशमलव ५७ सेकेण्डमा निर्धारित लक्ष्य पुरा गरे ।

त्यस्तै निर्धारित दूरी १८ मिनेट २१ दशमलव ३४ सेकेण्डमा पुरा गर्दै चन्द्र बोहराले द्वितीय स्थान प्राप्त गरे भने भोजराज अवस्थीले तृतीय स्थान प्राप्त गरे ।

यसैगरी पहिलो पटक आयोजना गरिएको महिलातर्फको पाच किलोमिटर दौडको उपाधी कैलालीका सीमा चौधरीले प्राप्त गरिन् । सीमाले २० मिनेट ११ सेकेण्डमा निर्धारित लक्ष्य पुरा गरिन । जीतसंगै सिमाले पा“च हजार पा“च सय ५५ रुपैया“ पुरस्कार प्राप्त गरिन् ।

पाच किलोमिटर महिलातर्फको दौडमा सीता चौधरीले २० मिनेट ४४ दशमलव २८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वितीय स्थान प्राप्त गरिन् भने नेहा खड्काले २२ मिनेट छ दशमलव ३१ सेकेन्डमा लक्ष्य पुरा गर्दै तृतीय स्थान प्राप्त गरिन् ।

द्वितीय र तृतीय स्थान प्राप्त गरेका सीता र नेहाले क्रमशः तीन हजार तीन सय ३३ र दुई हजार दुई सय २२ रुपैया“ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापनका अवसरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरु लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

बालबालिका पनि सहभागी

शनिबार भएको धनगढी हाफ म्याराथनमा बालबालिकाहरु पनि सहभागी बने । हाफ म्याराथनमा धनगढी उपमहानगरपालिका मोहनपुरका चार वर्षका प्रज्ज्वल चन्द र धनगढी उपमहानगरपालिका वडा नम्बर ३, बिशालनगरका पा“च वर्षीया युसना रिसाल सहभागी भइका थिए ।

चार वर्षीय प्रज्ज्वल २१ दशमलव एक किलोमिटर दुरीको खुल्ला तर्फको हाफ म्याराथनमा सहभागी भएका थिए । त्यस्तै, पा“च वर्षीया युसना महिला तर्फको पाच किलोमिटर दुरीको दौड प्रतियोगितामा सहभागी भएकी थिइन् ।

ती बालबालिकाका अभिभावकहरुले खेलकुदप्रतिको रुचीका कारण उनीहरु सहभागी भएको बताए । बालिका युसनाका आमा माया अधिकारीले धनगढी जेसिसको आयोजना धनगढी हाफ म्याराथन हुन लागेको थाहा पाएपछि आफू र छोरी सहभागी भएको बताइन् । उनले भनिन्– महिलातर्फको पाच किलोमिटर दौडमा छोरी (युसना) चार किलोमिटरसम्म दौडिई, मैले छोरीलाई पच्छ्याउनै सकिन ।

अर्का बालक धावक प्रज्ज्वलका बुबा भरत चन्दले भने– शनिबारको दिन भएकोले छोराले बिहानै उठाएर मर्नि वाक जाऔं भन्यो । मैले आज हाफ म्याराथन प्रतियोगिता छ भनेर छोरालाई सहभागी गराए । बालक धावक प्रज्ज्वल धनगढी कभर्ड हलदेखि बोराडाडीसम्म दौडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार