७ बैशाख २०८१, शुक्रबार

ओलीको कार्वाहीपछि पहिलो पटक गृह क्षेत्रमा आएका डा. रावलको धनगढीमा स्वागत



धनगढी / नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् सुदूरपश्चिम इन्चार्ज डा. भीम रावललाई धनगढीमा भव्य स्वागत गरिएको छ ।

पार्टी हीत विपरित गतिविधी गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि पहिलो पटक धनगढीमा पुगेका डा. रावललाई भव्य स्वागत गरिएको हो ।

रावललाई दर्जन बढी गाडी र सयौ मोटरसाइकलमा गएका एमाले कार्यकर्ता र युवाहरुले धनगढी एअरपोर्टमा स्वागत गर्ने स्वागत गरेका थिए ।
गाडी र मोटरसाइकल सहितको टोलीले नाराजुलुस गर्दे धनगढी बजारमा शक्ति प्रदर्शन गरेको थियो ।

र्यालीपछि प्रदेश पार्टी कार्यालयमा आयोजित सभामा संक्षिप्त मन्तव्य दिदै डा. रावलले अध्यक्ष ओलीका विधी र विधान विपरित सबै गतिविधि र निर्णयको कडारुपमा मुकाविला गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार