७ कार्तिक २०८१, बुधबार

आर्दशवादी राजनीतिज्ञ रावलको निधन



धनगढी / इमान्दार र आर्दशवादी नेताको छवि बनाएका कैलालीको पहाडी क्षेत्र मोहन्याल गाउँपालिका अध्यक्ष समेत रहेका नवलसिंह रावलको मंगललबार विहान निधन भएको छ ।

प्रेसर र सुगरका विरामी अध्यक्ष रावलको काठमाण्डौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले दुई वर्ष पहिला प्रेरेसरले हानेर बाँयासाइड प्यारालाइसिस र टाउकोमा रगत जमेका अध्यक्ष रावलको फेरि प्रेसरले अर्को साइड हानेपछि उपचारका क्रममा निधन भएको आफूले जानकारी पाएको बताए ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट रावल अध्यक्षमा निर्वाचित
भएका थिए ।

वि.सं. २००० साल बैशाख १५ गते जन्मनु भएका ७७ वर्षीय रावल २०१५ सालदेखि राजनीतिमा चासो दिन थालेका थिए ।

उनी २०१५ सालको नेपाल प्रजा परिषद र २०१६ सालको तुल्सीलाल अमात्य सामिप्यतासंग निकट थिए । उनी ०२८ सालदेखि ०४६ सालसम्म लगातार प्रधानपञ्च थिए ।

पञ्चायतमा जनपक्षिय नेताको छवि बनाएका रावल जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतमा भने पराजीत भएका थिए । वहुदलपछि नेकपा एमालेको टोल कमिटी, गाउँ कमिटी ,जिल्ला कमिटी हुदै सल्लाहकार परिषद्को सदस्य समेत भएर राजनीतिसंगै समाजसेवामा लागेका रावल पार्टीका ईमान्दार जिम्मेवार नेताको रुपमा स्थापित थिए ।

उनी ०४९ मा एमालेबाटै तत्कालिन सुगरखाल गविसको अध्यक्ष हुन थिए । रावलको पार्थिक शरीरलाई गृह जिल्लामै ल्याएर बुधबार दाहसंस्कार गरिने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार