१४ बैशाख २०८१, शुक्रबार

थापाले बोलाए एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक



धनगढी / एमालेको पार्टी विधान अनुसार भन्दै नेकपा (एमाले) का प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बैठक बोलाएका छन् ।

दलको विधान तर्जुमा नभएको वर्तमान अवस्था र हाल उत्पन्न विशिष्ठ परिस्थितिमा केही महत्वपूर्ण वैठक गर्नु पर्ने भएको भन्दै थापाले सांसदहरुलाई पत्र लेखेरै बैठक बोलाएका छन् ।

बैठक सोमबार (आज) दिउँसो १ बजे एमालेको जिल्ला पार्टी कार्यालयमा राखिएको थापाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रमुख सचेतक तारा लामातामाङले आफूहरुलाई बैठक बारे जानकारी नभएको बताए ।

स्रोतका अनुसार बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारलाई दिएको समर्थन फिर्ता लिने छ । यद्यपी समर्थन फिर्ता लिनुपर्छ भन्नेमा छ जना र लिनु हुन्न भन्नेमा १८ जना प्रदेश सभा सदस्यहरु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार