१० श्रावण २०८१, बिहीबार

कोरोना नियन्त्रणका लागि गरिएको प्रयास बारे संसदीय टोलीद्धारा अनुगमन



धनगढी / सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरमा कोरोना नियन्त्रणका लागि भएका प्रयास बारे शुक्रबार जानकारी लिएको छ ।

भारतको विभिन्न राज्यमा कोरोना भाइरसको दर तिब्र गतिमा फैलिएपछि नेपाल आउने मुख्य नाका गड्डाचौकीमा अपनाइएको सावधानी, जिल्ला प्रशासन कार्यालय र महाकाली अस्पतालले नियन्त्रणमा गरिरहेको तयारी समितिले जानकारी लिएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति कुन्ति जोशी नेतृत्वको टोलीले सीमा नाकाको अनुगमन गर्नुका साथै कञ्चनपुरका प्रमुख जिल्ला अधिकार रामकुमार महतो, महाकाली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी, चिकित्सक, स्वास्थ्यकर्मीसंग छलफल पनि गरेको थियो ।

छलफलमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महत्तोले भारतको बिभिन्न प्रान्तमा कोरोनाभाइरस तिब्र गतिमा फैलिएको अवस्थामा कञ्चनपुरको नाका हुँदै ठूलो संख्यामा नेपालीहरु दैनिक भित्रिरहेकोले कोरोनाभाइरस संक्रमण फैलिन नदिन सर्तक भएको बताए ।

भारतबाट नेपाल भित्रिनेको स्वास्थ्य चेक जाँचसहित अभिलेख र ट्राभल हिस्ट्री राखेर निगरानी गरिरहेको बताउदै प्रजिअ महत्तोले नाकामा स्थापना भएको हेल्थ डेस्कमा परीक्षणको क्रममा कोरोनाभाइरस पोजेटिभ देखिएकाहरुलाई सुरक्षित तरिकाले अस्पतालको आइसोलेसनमा ल्याउने गरिएको पनि बताए ।

छलफल कार्यक्रममा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण्दत्त जोशीले कोरोनाभाइरस संक्रमण बढ्दै गए समस्या हुने भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गरेका थिए ।

सो नाका हुँदै चार दिनयता नेपाल भित्रिएका ८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । गड्डाचौकी नाकामा स्थापना भएको हेल्थ डेस्कमा ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा गरिएको थियो । सो क्रममा आठ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

कार्यक्रमको संसद सहयोग परियोजनाको सहयोगले समन्वय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार