१४ बैशाख २०८१, शुक्रबार

बुवाको पुन्यतिथिमा मानव सेवा आश्रमलाई सहयोग



धनगढी / बुबा तुलसीराम ढुंगेलको पुन्यतिथिमा धनगढीका धनपति ढुंगेलले धनगढीको तारानगरमा रहेको मानव सेवा आश्रमलाई नगद सहित विभिन्न सामाग्री सहयोग गरेका छन् ।


फाया नेपाल कैलालीका पूर्व अध्यक्ष समेत रहेका ढुंगेलले नगद पाँच हजार सहित चामल, दाल, तरकारी नुन सहयोग गरेका हुन ।

ढुंगेलले आश्रममा रहेका असाहयलाई सहयोग दिने वातारणमा बनाउन आफूले सहयोग गरेको बताए । ढुंगेलका बुबाको ०६१ सालमा स्वर्गारोहण भएको थियो ।

आश्रमका प्रमुख आदर्श ढकालले आश्रममा अहिले वालवालिका, महिला र पुरुष सहित ६० जना रहेका छन् । आश्रममा सडकमा छोडिएका, अपांग र सुस्तमनस्थिति भएकाहरु छन् ।

देशभर विभिन्न जिल्लामा रहेका मानव सेवा आश्रमले नेपालीहरुको मात्र सहयोगमा उनीहरुको खानपिन र बसोबासको व्यवस्था गरेको छ । हामीले नेपाली सहयोग लिन्छौ विदेशी लिदैनौ प्रमुख ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार