२१ भाद्र २०८१, शुक्रबार

मन्दिर संरक्षण समाजलाई अमेरिकामा बस्ने नेपालीबाट आर्थिक सहयोग



धनगढी । चाकाकेदार मन्दिर संरक्षण समाजलाई अमेरिकामा बस्ने नेपालीबाट आर्थिक सहयोग उपलब्ध भएको छ ।

जोरायल गा.पा.–५ गड्सेरा देउबान स्थित चाकाकेदार मन्दिर मर्मत सम्भारका लागि रकम उपलब्ध भएको सामाजिक अभियान्ता रबिन्द्र देउवाले जानकारी दिए ।

जोरायल गापा– ५ गडसेरा नकुरडा घर भई हाल अमेरिका बस्ने सुदूरपश्चिम अन्तर्राष्ट्रिय समाज अमेरिकाका संयोजक रामबहादुर देउवाको बिशेष पहलमा रु ७४ हजार रकम संकलन भएको अभियान्ता देउवाले बताए ।

उनले भने नेपाली जनसम्पर्क समिति अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टबाट १००, सुदूरपश्चिम अन्तर्राष्ट्रिय समाज अमेरिकाका संयोजक राम बहादुर देउबाबाट १००, गडसेरा बिष्भरा घर भई हाल अमेरिका बस्ने सुदूरपश्चिम समाज अमेरिकाका अध्यक्ष गणेश बिष्टबाट १०० अमेरिकी डलर उपलब्ध भएको छ ।

त्यसैगरी डोटी मुड्भरा घर भइ हाल अमेरिका बस्ने गोबिन्द फुलराबाट १०१, अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टबाट १००, सुप समाज अमेरिकाका कोषाध्यक्ष नवीन ओझाबाट ५१, गडसेरा हडरानी घर भई हाल अमेरिका बस्ने गणेश बिष्टबाट ५१, कैलाली मसुरिया घर भई हाल अमेरिका बस्ने गणेश प्रसाद ओझाबाट २५ र कैलाली मसुरिया घर भई हाल अमेरिका बस्ने एगम मन्नीबाट २५ अमेरिकी डलर उपलब्ध भएको उनले बताए ।

चाकाकेदार मन्दिर बि.सं. २०३५ साल अघाडी फुसको छानु भएको, २०३५ सालमा ढुङ्गाको दिवाल र पत्थरले छाएको र २०६४ सालमा पुनः सामान्य मर्मत भएको त्यसपछि मर्मत नहुदा चुहिने र भत्किने अबस्था भएपछी चाकाकेदार मन्दिर संरक्षण समाज जोरायल गा.पा. ५ गड्सेरा देउबान को पेजबाट आर्थिक संकलन अभियान सुरु गरी मन्दिर मर्मत कार्य भै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार