४ आश्विन २०७८, सोमबार

मट्का चियाघर सञ्चालनमा



धनगढी । कैलालीको धनगढीमा सोमबारदेखि मट्का चियाकफी घर सञ्चालनमा आएको छ ।

कर्मचारी ट्रेड युनियनका अध्यक्ष खेमराज जोशीले धनगढीमा पहिलो पटक मट्का चियाकफी घर सञ्चालनमा ल्याएका छन् ।
उनले १० लाख रुपैयाको लागतमा चियाकफि घर सञ्चालन गरिएको बताए ।

सोमबार मट्का चियाकफी घर पुगेकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले मट्का चियाकफी घरले स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने बताइन ।

प्रतिक्रिया दिनुहोस्