४ आश्विन २०७८, सोमबार

कैलालीको टीकापुरमा बम फेला



कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि बम फेला परेको छ । खाद्य गोदाम रोडमा नाला निर्माणका लागि स्काइभेटरले खन्ने क्रममा सकेट बम फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमका अनुसार  बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको  जनाएको छ ।  आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको हुनाले सकेट बम हुन सक्ने निरीक्षक बमले बताए । उक्त बम द्धन्द्धकालमा राखिएको हुन सक्ने बताइएको छ ।

बम डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको निरीक्षक बमले बताए । घटनास्थल वरपर नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । 

प्रतिक्रिया दिनुहोस्