१० श्रावण २०८१, बिहीबार

सडक दुर्घटनाबाट वार्षिक दुई हजार बढीको मृत्यु



कैलाली । नेपालमा सडक दुर्घटनाबाट बार्षिक २ हजार ८ सय जना नागरिकको मृत्यु हुने गरेको जनाईएको छ ।

सवारी चालकको लाफरबाही, ओभरलोडि∙ , ट्राफिक चिन्ह थाहा नपाएर बार्षिक सो संख्या बराबरको मृत्यु हुने गरेको छ । शनिबार सडकबोर्ड नेपालको सहयोग डिआर नेपाल कमठमाण्डौ को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतना अभिमुखीकरणमा सो कुराको जानकारी दिएको हो ।

जानी जानी कसैले दुर्घटना नगरे पनि केही कमिकमजोरी का कारण सडक दुर्घटना हुने गरेको ईन्जिनीयर हेमन्त तिवारीले बताए ।

सडक सुरक्षामा नागरिकको पनि दायित्व उत्तीकै हुने बताउदै उनले भने, सवारी साधनमा चलाउदा यात्रुको ओभर लोड हालेर नचलाउने, जेब्रा क्रसिड्ड गर्दा ध्यान दिने, ट्राफिक नियमको पालना गर्ने,साईड लाईट को ध्यान दिने, मादक पदार्थ सेबन गरी सवारी साधन नचलाउने , लामो दुरीमा चल्ने सार्बजनिक सवारी साधनमा २ चालकको ब्यबस्था गर्ने ,सडक चिन्ह तथा संकेतको पुर्ण पालना गर्ने, सडकछेउमा खेल नखेल्ने जस्ता कुराको पालना गर्न सके सडक दुर्घटनामा न्यनिकरण हुने उनले बताए ।

अघिल्लो बर्ष मात्र करिब २ हजार ५ सयको कोभिडका कारण ज्यान गयो भने सो भन्दाबढी २ हजार ८ सय नागरिकको सडक दुर्घटनाका कारण ज्यान गएको उनको भनाई छ । ईन्जिनियर एशोशिएसनका सुदुरपश्चिम संयोजक लब प्रशाद जोशी ले सडक दुर्घटना अहिलेको मुख्य समस्या भएको बताए ।

उनले सडक साघुरा हुनु ,जथाभावी सडकमा खाल्टा खुल्टी हुनु र सवारी चालकलाई जनचेतनाको कमि हुनु ले पनि सडक दुर्घटना बढदै गएको बताए । त्यसैगरी धनगढी उपमहानगरपालिका नगर उपप्रमुख शुसिला मिश्र भट्ट ले सवारी चालकले स्पिीड लिमिट गरे दुर्घटनामा कमि हुने बताईन ।

उनले सडक दुर्घटना न्युनिकरण गर्न साईकिल लेन पनि अपरिहार्य भएको बताईन । कार्यक्रम लाई संचालन पत्रकार मनमोहन स्वारले गरेका थिए भने स्वागत मन्तब्य डिआर नेपालका सदस्य बिर्ख बहादुर रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार